काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको बढेकाे छ । आज सुन ताेलामा ३ हजार १०० रुपैयाँले बढेकाे हाे ।
सुनकाे भाउ मंगलबार ताेलामा ३ हजार १०० रुपैयाँले बढेसंगै तोलाको २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे साेमबार तोलाको २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तैगरी, आजै चाँदी पनी ताेलामा ४५ रुपैयाँले बढेर ताेलाकाे २ हजार ५१५ रुपैयाँमा काराेबार भएकाे छ । चाँदी साेमबार तोलाको २ हजार ४७५ रुपैयाँ काराेबार भएकाे थियाे ।



