काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको सामान्य रुपमा गिरावतट आएकाे छ । आज सुन ताेलामा ४०० रुपैयाँले घटेकाे हाे ।
सुनकाे भाउ साेमबार ताेलामा ४०० रुपैयाँले घटेसंगै तोलाको २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे आइतबार तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तैगरी, आजै चाँदी पनी ताेलामा २५ रुपैयाँले घटेर ताेलाकाे २ हजार ४७५ रुपैयाँमा काराेबार भएकाे छ । चाँदी गएकाे साेमबार तोलाको २ हजार ५०० रुपैयाँ काराेबार भएकाे थियाे ।



