गोरखा । गोरखा सदरमुकाममा रहेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–को कालिमाटी बजारमा रहेको उक्त सहकारीले आज सातौं साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको साधारण सभामा अध्यक्ष बावुराम श्रेष्ठ, सचिव मोहनराज विष्ट र कोषाध्यक्ष सरोज पोखरेलले आ–आफ्नो प्रतिवेदन पढेर सुनाएका थिए ।
सहकारीले पेन्सन बचत र जेष्ठ नागरिक बचतको नयाँ योजना अगाडी ल्याएको कार्यक्रममा सचिव विष्टले जानकारी दिए ।
उता कोषाध्यक्ष पोखरेलले संस्थाले गएको आर्थिक बर्षमा १४ लाख ९५ हजार ९६६ रुपैयाँ ४४ पैसा खुद नाफा कमाउन सफल भएको जानकारी दिएका थिए ।
यो बर्ष संस्थाले २ जना शेयर सदस्य भिमकुमारी गुरुङ र निरज भण्डारीलाई नगद, दोसल्लाह र प्रमाण–पत्र दिएर सम्मान समेत गरेको थियो ।
०५३ सालमा स्थापना भएको उत्थान र ०५५ सालमा स्थापना भएको दैनिक बचत तथा ऋण सहकारी संस्था ०७६ सालमा एकिकरण भएर दैनिक उत्थान नाम राखेर कारोबार गर्दै आएको छ । संस्थामा १५८ जना महिला र १५७ जना पुरुष गरी कुल ३१५ जना शेयर सदस्य रहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष कैलासबावु श्रेष्ठ, शेयर सदस्य यदु अधिकारी र पूर्णमायाँ वन्तले शुभकामनाम मन्तब्य राखेका थिए ।



