काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको भाउ बढेकाे छ । आज सुन ताेलामा २ हजार ५०० रुपैयाँले बढेकाे हाे ।
सुनकाे भाउ शुक्रबार ताेलामा २ हजार ५०० रुपैयाँले बढेसंगै तोलाको २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे तोलाको २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा १० रुपैयाँले बढेर ताेलाकाे २ हजार ४९० रुपैयाँमा काराेबार भएकाे छ । चाँदी हिजाे तोलाको २ हजार ४८० रुपैयाँ काराेबार भएकाे थियाे ।



