काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च दर कायम भएको छ । सुनआज तोलाको २ हजार रुपैयाँले बढेसंगै पुनः उच्च बिन्दुमा पुगेको हो ।
सुन आज तोलामा २ हजार रुपैयाँले बढेर तोलाको २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर तोलाको २ हजार ४८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको २ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।



