काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदी उच्च दर कायम नै रखेकाे छ । आज सुन तोलाको ६०० रुपैयाँले बढेसंगै पुनः उच्च बिन्दुमा पुगेको हो ।
सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदी पनी नेपाली बजारमा अहिले सम्मकै उच्च दर कायम भएकाे छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको २ हजार ४८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।




















