काठमाडौं । नेपाली बजारमा सुन फेरी उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलाको ३ हजार रुपैयाँले बढेसंगै पुनः उच्च बिन्दुमा पुगेको हो ।
सुन आज तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन गत हप्ताकाे शुक्रबार तोलाको २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदी पनी नेपाली बजारमा अहिले सम्मकै उच्च दर कायम भएकाे छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २ हजार ४२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
गत शुक्रबार चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा नै सुनकाे भाउ बढेसंगै नेपाली बजारमा समेत मूल्य बढेकाे हाे । केही समय भित्रै नेपालमा सुन ताेलाका २ लाख ४० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएकाे छ ।



