गोरखा । पालुङटार नगरपालिकाको ठाँटीपोखरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा आउदो बिहीबार अर्थात भाद्र १९ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
पालुङ्टार नगरपालिका–५ को ठाँटीपोखरी बजारमा हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहने गोरखा सेवा समाज कतारका अध्यक्ष बिकास श्रेष्ठले जानकारी दिए ।
रक्तदान बिहान ८ बजेदेखि बेलुकी ५ बजे सम्म हुने छ । रक्तदान गर्न चाहने सबै सर्व साधारणहरुले उक्त दिन सहभागी भैदिन समाजले आग्रह समेत गरेको छ ।



