काठमाडौं । नेपाली बजारमा सुन फेरी उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलाको ४०० रुपैयाँले बढेसंगै पुनः उच्च बिन्दुमा पुगेको हो ।
सुन आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबार सुन तोलाको १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार ३५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।




















