गोरखा । सदरमुकामको छेवेटार बजारमा रहेको गोरखा मेमोरियल हस्पिटल प्रा.लि.ले सेवाको नाममा धर्म प्रचार गरेको आरोप लागेसंगै अनुसन्धानकोलागि समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा हिजो प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाँको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिचाङ्गत बरालको संयोजकत्वमा ५ सदस्यिय समिति चयन गरेको हो ।
समितिले अस्पताल संचालन मापदण्डहरु पुरा भए वा नभएको लगायतका बिषयमा आवश्यक अनुसन्धान गरेर ३ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।
समितिको अन्य सदस्यहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालयल, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखा नगरपालिका र प्रदेश अस्पताल गोरखाको १–१ जना रहने गरी समिति बनेको हो ।
बैठकले ‘गोरखा नगरपालिका वडा नं. १० स्थित गोरखा मेमोरियल हस्पिटल प्रा.लि.ले मिति २०८२–०५–११ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने र त्यस्तो शिविरमा मण्डलीको ३५ बर्ष माथिको विश्वासीलार्य अस्पतालको बिशेष छुट (५० प्रतिशत) हुने भन्ने उल्लेख भएको र सो अस्पतालबाट दिने सुविधामा गुनासो आएको हुँदा उक्त अस्पतालको क्रिश्चियन धर्मलाई प्रचार प्रसार गर्ने उद्वेश्य रहेको वा नरहेको र अस्पताल संचालन मापदण्ड पुरा भए वा नभएको लगायतका बिषयमा आवश्यक अनुगमन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न तपसिलको अनुगमन समिति गठन गरिएको’ भनिएको छ ।



