×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

श्रम तथा उत्पादन अभियानको थालनीमा गाेरखाका वाइसीएलहरु, सिर्दि खोलामा तटबन्ध निर्माण सुरु

  •  गोरखा समाचार
  • बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल गोरखाले बुधबारदेखि गोरखामा श्रम तथा उत्पादन अभियानको औपचारिक सुरुवात गरेको छ ।

    गोरखा नगरपालिका–१० र ११ को सिमानामा पर्ने सिर्दि खोलामा तटबन्ध निर्माणको कार्यलाई अघि बढाउँदै अभियानको प्रारम्भ गरेको वाइसीएल नेपालका केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज सागर श्रेष्ठले जानकारी दिए ।

    अभियानको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

    उनले श्रम तथा उत्पादन अभियानमा वाइसीएलले स्थानीय युवाहरुलाई जोड्दै जानुपर्ने बताए । आम जनतालाई पनि जोडेर सहभागितामार्फत श्रमदान अभियानलाई सार्थक बनाउनुपर्ने बताउँदै, यस प्रकारका अभियानहरुले विकास र उत्पादनमा टेवा पुग्ने इन्चार्ज तमुले धारणा व्यक्त गरे ।

    श्रमदान कार्यक्रममा वाइसीएल गोरखाका जिल्ला समिती, नगरसमिती, विभिन्न वडा, केन्द्रिय जिल्ला स्थित केन्द्रिय समितिका पदाधिकारीलगायत्का युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले सामूहिक श्रमद्वारा खोलामा ढुंगा र बालुवा प्रयोग गरी तटबन्ध निर्माण गर्दै स्थानीय किसानको खेतबारीमा पुग्ने सिंचाइ मार्गलाई सहज बनाउन लागेको हो ।

    वाइसीएलले गोरखाका इन्चार्ज श्रेष्ठले पार्टीको नीति अनुरुप गोरखामा पनि वाइसीएललाई श्रम र उत्पादनसँग जोड्न अभियानको थालनी गरेको बताए । यस अभियानलाई निरन्तरता दिने र स्थानीय समस्यालाई सामूहिक श्रमले समाधान गर्ने प्रतिबद्धता ब्यत्त गरे । वाइसीएलले जिल्लाका अन्य वडामा समेत श्रम गतिविधि विस्तार गर्ने योजना बनाएको छ ।

    वाइसीएल नेपाल गोरखाद्वारा सुरु गरिएको श्रमदान अभियानले भौतिक संरचना निर्माणमा सहयोग गर्ने नभई, एकता, सहकार्य र उत्पादनमुखी समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.