काठमाडौं । नेपाली बजारमा साताको चाैंथाे दिन सुनकाे भाउ तोलामा ३०० रुपैयाँले बढेकाे छ ।
सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे मंगलबार सुन तोलाको १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको २ हजार ३४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।



