काठमाडौं । नेपाली बजारमा साताको तेस्राे दिन चाँदीले रेकर्ड ब्रेक गरेकाे छ । मगलबार भने सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेकाे छ ।
सुन आज तोलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाको १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे साेमबार सुन तोलाको १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तैगरी, आज सुनकाे भाउ बढेसगै नेपाली बजारमा अहिलेसम्मकै उच्च दर कायम भएकाे छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।



