काठमाडौं । नेपाली बजारमा साताको दाेस्राे दिन सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।
सुन आज तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे आइतबार सुन तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज सुनकाे भाउ घटेपनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार ३५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।



