गोरखा । गाेरखाकाे पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएकाे छ ।
नगरपालिकाको श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने समग्र मूल्याङ्कनमा प्रदेशभर तृतीय स्थान र गोरखा जिल्लामा भने समान अंक (८७.७५) सहित पहिलो स्थानमा रहन सफल भएको हो ।
समान अंक पाएकाे भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेशमै तेस्रो उत्कृष्ट पालिका बनेको छ । गोरखा जिल्लामा समान अंक सहित भीमसेन थापा र पालुङटार नगरपालिकासहित प्रथम भएको छ । दुवै पालिकामा माओवादी केन्द्रले जितेकाे पालिका हाे ।
नगरपालिकाले पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएका कारण सफल भएकाे नगरप्रमुख विवस चिन्तनले बताए ।
नगरपालिकाले सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि र सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने संकल्प व्यक्त गरेकाे छ ।



