काठमाडौं । नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।
सुन आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीबार सुनको भाउ तोलाको १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर तोलाको २ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो चाँदीको भाउ तोलाको २ हजार २५५ रपैयाँ रहेको थियो ।



