काठमाडाैं । मगलबार र बुधबार २ दिन घटेकाे सुनकाे मूल्य आज ताेलामा १३ सय रुपैयाँले बढेकाे छ ।
सुन आज तोलामा १ हजार ३०० रुपैयाँले घटेर तोलाको १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबार सुनको भाउ तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको २ हजार २९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार २५५ रपैयाँ रहेको थियो ।




















