काठमाडाैं । मगलबार ताेलामा १२ सय रुपैयाँले घटेकाे सुन नेपाली बजारमा आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ ।
सुन आज तोलामा १ हजार ६०० रुपैयाँले घटेर तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो मंगलबार सुनको भाउ तोलाको १ लाख ९५ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर तोलाको २ हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार ३०० रपैयाँ रहेको थियो ।



