गोरखा । गोरखा जेसिजको जेसिज सप्ताह अन्तरर्गत मंगलबार खेलकुद र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
सिरानचोक गाउँपालिका–५ को छोप्राकमा रहेको मण्डली माध्यामिक बिद्यालयका ३४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको अध्यक्ष सुमन गुरुङले बताए ।
कक्षा ४ देखी १० सम्मका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक सन्दिप खत्रीले जानकारी दिए ।
त्यसका साथै सोही दिन गाउँपालिकालाई समेत खेलकुद सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
पालिकालाई ब्याडमिन्टन २ सेट, भलिबल र फुटबल २-२ थान र भलिबलको नेट १ थान हस्तान्तरण गरिएको थियो ।
जेसिज सप्ताहको आज चौथों दिन गोरखा नगरपालिका–३ को घलाङमा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर राखिएको कार्यक्रम संयोजक संगमबावु श्रेष्ठले जानकारी दिए ।
दुवै कार्यक्रममा पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङकाे उपस्थिती रहेकाे थियाे ।


