काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घटेको छ ।
सुन आज तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो साेमबार सुनको भाउ तोलाको १ लाख ९६ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको २ हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार ३१५ रपैयाँ रहेको थियो ।



