काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।
सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो आइतबार सुनको भाउ तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार ३१० रपैयाँ रहेको थियो ।



