साँकेतिक तस्बिर
गोरखा । बालयौन दुरुपयोग गरेको आरोपमा गोरखा सदरमुकामबाट १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका युवक गोरखा नगरपालिका–७ धारापानीका लक्ष्मण आचार्य भएको प्रहरी स्रोतले पुष्टी गरेको हो ।
गएको शनिबार आफ्नै कोठामा बसीरहेकी नाबालिकालाई आचार्यले गलत आशयले शरिरको विभिन्न भागमा हात हालेकोभन्दै पिडितका आफन्तबाट प्रहरीमा जोहरी परेको थियो ।
जाहेरी परे लगत्तै प्रहरीले आचार्यलाइ शनिबार राती नियन्त्रणमा लिएको थियो । उनी बिरुद्व बालयौन दुरुपयोग शिर्षकमा प्रहरीले मुद्वा दर्ता गरेर छ ।
प्रहरीले भाद्र १ गते आइतबार अनुन्धानकालागि गोरखा जिल्ला अदालतबाट म्याद थप भएको गोरखा प्रहरीले जनाएको छ ।


