गाेरखा चेम्बर अफ कमर्शलाई दिएकाे दानकाे जग्गाकाे धनी पूर्जा मेयर राना मगर माफर्त हस्तान्तरण गर्दै श्रेष्ठ दम्पती
गोरखा । गोरखा चेम्बर अफ कमर्शको बि–२ ब्यवसायिक भवनको आए एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।
गोरखा नगरपालिका–५ को गोरखा दरर्बार हिटीमा बन्न लागेको भवनको शिलान्यास गोरखा नगरपालिकाका मेयर कृण्ण बहादुर राना मगरले गरेका हुन् ।
भवन शिलान्यास पछी भएको कार्यक्रममा बोल्दै मेयर राना मगरले निर्माधिन भवनकोलागि गोरखा नगरपालिकाले सहयोग गर्ने बचन दिए ।
कार्यक्रममा सहभागी भएका गोरखा नगरपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्ष क्रमश.बिण्णु राना मगर र राजेन्द्र कुमार जोशी (दिलिप)ले समेत भवन निर्माणकोलागि सहयोग उपलब्ध गराउने बचन दिएका थिए ।
चेम्बरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले भवन निर्माणकालागि आफ्नो तर्फबाट १ लाख नगद सहयोग गर्ने बचन दिएका थिए ।
भवन शिलान्यास कार्यक्रममा चेम्बरका पदाधिकारी तथा सदस्यहरुका साथै स्थानियहरुको उपस्थिती रहेको थियो ।
भवन निर्माणकालागि जग्गा गोरखा नगरपालिका–६ शक्तिचोक निवासी बिनिता श्रेष्ठ (बनु)ले दान गरेको चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष राम स्वरुप श्रेष्ठले बताए ।
जग्गादाता गोरखा चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष भाई चन्द्र श्रेष्ठका धर्मपत्नी हुन् । हाललाई ३ तलाको भवन बनाउन ७० लाख खर्च हुने अनुमान गरिएको छ ।




















