साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको ल्हो गाउँमा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा घर जलेर नष्ट भएको स्थानिय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।
चुमनब्री गाउँपालिका–२ मा पर्ने उक्त गाउँमा गएराती १०ः४५ बजे अचानक आगोदेखिएको लामाले बताए । आगोले ५ जनाको ६ वटा घर जलेर नष्ट भएको पनि उनले जानकारी दिए ।
घर जल्ला अन्नपात, लत्ताकपडाका साथै नगद र गरगहना समेत जलेर नष्ट भएको वडाध्यक्ष मिग्यूर दोर्जे लामाले जानकारी दिए ।
यता गाउँमा आगलागीले ६ घर जलेको जानकारी बिहानमात्र पाएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘मैले पनि आजै बिहान जानकारी पाए’ उनले भने ‘पिडितलाई तत्कालै सहयोग उपलब्ध गराउन निर्देशन दिएको छु ।’
घर आगोले जलेर नष्ट भएपछी स्थानियहरुले उनीहरुलाई आश्रय दिएको पनि स्थानिय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको लामाले बताए ।
उनका अनुसार सन्डुक लामाको २ वटा घर र तेन्जेन लामा, ओर्केन लामा, टाँसी लामा र छेवाङ रिजुङ लामाको १–१ वटा घर जलेको हो ।
घटनापछी आज बिहान ३ बजे नामरुङ प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थलमा पुगेको र मुचुल्का गर्नेकाम भई रहेको छ ।
आगलागीबाट १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।


