काठमाडाैं । आज सुन र चाँदीको भाउ घटेको छ । सुनको भाउ ताेलामा ६०० रुपैयाँले घटेर तोलाको १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ताेलामा २५ रुपैयाँले घटेर तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको २ हजार ३४० रुपैयाँ रहेको थियो ।



