काठमाडाैं । आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ ताेलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ताेलामा १५ रुपैयाँले बढेर तोलाको २ हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको २ हजार ३२५ रुपैयाँ रहेको थियो ।




















