गोरखा । गोरखाको जागेश्वर माध्यामिक बिद्यालयमा सोलार प्यानल जडान गरिएको छ ।
भिमसेन थापा गाउँपालिका–८ को महादेवटारमा रहेको उक्त बिद्यालयमा भूतपूर्व विद्यार्थीहरुले सोलार प्यान जडान गरिदिएको हो ।
बिद्यालयको कम्प्युटर प्रयोगशाला सञ्चालनमा बिद्युत आपूर्तीमा समस्या भएको जानकारी बिद्यालयले गरे लगत्तै बिद्यालयको भुपू बिद्यार्थी समाजले आर्थिक सहयोग जुटाएर सोलार प्यानल जडान गरिदिएको कोषाध्यक्ष ईन्जिनियर कपिल तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार बिद्यालयमा जडान गरिएको सोलार प्यानल ३ किलो वाटको हो । उक्त प्यानल जडान गर्दा समाजले करिब ४ लाख रुपैयाँ खर्चिएको पनि कोषाध्यक्ष तिमल्सिनाले बताए ।
जडान कार्य सम्पन्न भए लगत्तै समाजले बिद्यालयलाई प्यानल हस्तान्तरण समेत गरिसकेको छ । अब भने उक्त स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले कम्प्युटर प्रयोगशालामा बिद्युत आपुर्तीमा समस्या आउदा पनि नियमित रुपमा सञ्चालन गर्न पाउने भएका छन् ।
समाजका अध्यक्ष बसन्त ढकालले बिद्यालयमा भोलीका दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्र्दै जाने बताए । आफुहरुले अध्ययन गरेको बिद्यालयमा केही काम गर्न पाउदा भुपू विद्यार्थीहरु सबै खुशी भएको पनि अध्यक्ष ढकालले बताए ।


