साँकेतिक तस्बिर
गोरखा । गोरखामा प्रहरीले नेपाली काँग्रेसका गण्डकी गाउँपालिकाको वडा सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ का वडा सदस्य लोक राज भट्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले पुष्टी गरेका हुन् ।
पक्राउ परेका भट्ट बैंकिङ कसुर मुद्वाका फरार अभियुत्त भएको उनले बताए । आफ्नो खातामा पर्याप्त रकम नहुदा नहुदै ५ लाख रुपैयाँको चेक दिएका उनले चेक अनादार भए लगत्तै पिडित अदालतमा हालेको मुद्वामा उनी दोषी ठहर भएका हुन् ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्जको फैसलाबाट ७ दिन कैद र ५ लाख जरिवाना फैसला भएका भट्ट गाउँपालिकाको नियमित काममा भएपनी प्रहरीले उनलाई फरारको सूचीमा राखेको थियो ।
उच्च अदालतको फैसला कार्यान्वयनकालागि गोरखा अदालतले प्रहरीलाई पत्राचार गरे लगत्तै भट्टलाई गोरखा प्रहरीले साउन २२ गते घरबाटै प्रकाउ गरेको थियो ।
कैदको म्याद सकिए पनि उनले जरिवाना बापतको रकम दाखिला गर्न नसकेपछी पुन गोरखा कारागारमा नै राखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
२२ गते पक्राउ परेका उनलाई २३ गते गोरखा जिल्ला अदालत पेश गरिएकोमा अदालतले ७ दिन कैदकोलागि कारागार चलान गरेको थियो ।
ण्ठछ(क्व्(ण्ण्टछ कोड गरेर उच्च अदालत तुलसिपुरले गोरखा जिल्ला अदालतलाई फैसाल कार्यान्वयकोलागि पत्राचार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भट्टलाई फैसला कार्यान्वयन संगै कैद भुक्तानपछी बारा जिल्ला अदालतमा समेत बैंकिङ कसुर मुद्वा दर्ता भएकोले जिल्ला प्रहरी कार्यालय बारामा बुझाउनु पर्ने छ ।
यता उनी पक्राउ परेपछी उनको वडा सदस्य पद के हुने भन्ने बारे पालिका अनविज्ञ देखिएको छ । पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले कानूनी प्रकृयाको बारेमा आफुलाई जानकारी नभएकोले केही दिनभित्रै गोरखा जिल्ला अदालत पुगेर पूर्ण जानकारी लिने बताए ।
भट्ट गएकाे स्थानिय चुनावमा गण्डकी गाउँपालिका-४ काे वडा सदस्यमा नेपाली काँग्रेसबाट विजयी उमेम्दवार हुन् ।


