गोरखा । गोरखाका ४ जना युवा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बिभिन्न च्याप्टरमा निर्विरोध निर्वाचित भएका छन् ।
भीमसेन थापा गाउँपालिका-३ टारीफाँट स्थायी घर भएका कृष्णप्रसाद भट्ट एनआरएनए कनेक्टिकट च्याटरको अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्ष बन्न सफल भएका छन् ।
त्यस्तैगरी, भीमसेन थापा-२, ओख्लेका डण्डपानी लामिछाने (बासु) एनआरएनए न्युयोर्क च्याटरको अध्क्षयमा निर्वाचित निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएनए कनेक्टिकट च्याटरका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भट्टका अनुसार भीमसेन थापा गाउँपालिका-३ डाँडाबेशी घर भएका विप्लव लामिछाने युटाहा राज्यको अध्क्षयमा निर्वाचित भएका छन् ।
उता भीमसेन थापा-२ ओख्ले घर भएका कुलप्रसाद ढकाल (केपी ढकाल) एनआरएनए क्यालिफोर्नियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
गोरखा स्थाई ठेगाना भई अमेरिकालाई कर्मथलो बनाउदै आएका चारै जना युवाहरु बिभिन्न च्याप्टरमा निर्विरोध बनेका हुन् । एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२५-२०२७ को निर्वाचन कार्यतालिका नजिकिए संगै एनआरएनए अमेरिकाको निर्वाचनको माहोल तातिएको उनको भनाई छ ।
आगामी अगस्ट १६,१७ गते एनआरएनए अमेरिकाको निर्वाचन कार्यतालिका तोकिएको छ ।


