काठमाडाैं । आज सुनको भाउ सामान्य घटेको छ । सुनको भाउ १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको २ हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको २ हजार ३०५ रुपैयाँ रहेको थियो ।



