गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष सम्मानित भएका छन् ।
अध्यक्ष निमा लामालाई आदिवासी जनजातिहरुको प्रथाजनित कानुन श्याग्या र परंपरागत अभ्यास आम्चीलाई नितिगतरुपमै संरक्षण एवंम प्रवद्र्वन गरेको भन्दै ३१औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीमा सम्मानित गरिएको हो ।
लामालाई नेपाल सरकारमा सञ्चार मन्त्री पृथ्वी शुब्बा गुरुङले एक समारोह बिच सम्मान गरेको मुल समारोह समितिले जनाएको छ ।
अध्यक्ष लामालाई ‘चुमनुब्री गाउँपालिकाको अध्यक्षको हैसियतले अहिंशा सम्वन्धी शाग्या ऐन कार्यान्वय गर्नुभएको र पहिचानको आन्दोलनमा निरन्तर योगदान गरिरहनुभएकोमा उक्त कार्यको प्रशंसा र मूल्याङकन गर्दै’ सम्मान गरिएको नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले बताए ।
अध्यक्ष लामालाई सम्मान गरिएको पत्रमा ‘नेपालको आदिवासी जनजातिहरुको पहिचानमुलक अस्तित्वकालागि निरन्तर लागिरहनु भएका अभियान्ता तथा जनप्रतिनिधी तपाईको कार्यकालमा चुमनुब्री गाउँपालिका गोरखामा आदिवासी जनजातिहरुको प्रथाजनित कानुन श्याग्या र परंपरागत अभ्यास आम्चीलाई नितिगतरुपमै संरक्षण एवंम प्रवद्र्वन गर्न कानून बनाई स्थायिनतह चुमनुब्रीमा कार्यान्वयन गर्न गराउन सफल हुनु भएकोमा तपाइको योगदानको उच्च कदर गर्दै नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयद्वारा ३१औं विश्व आदिवासी दिवसको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ’ भनिएको छ ।
लामालाई हिजो राजधानीको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा भएको कार्यक्रममा सम्मान गरिएको हो ।


