काठमाडौं । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएकाे छ ।
सुनकाे भाउ गएकाे शुक्रबारकाे तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रति ताेला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएका शुक्रबार सुन ताेलाकाे १ लाख ९९ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आज सुनकाे भाउ घटेपनि चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार ३३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार तोलाको २ हजार ३२५ रुपैयाँ कारोबार भएको थियो ।



