गोरखा । नेवारी परम्पराको गाईजात्रा र हिलेजात्रालाई ब्यवस्थित बनाउने उद्वेश्य सहित गोरखा सदरमुकामको एक साँस्कृतिक परिवारले सदस्यहरुलाई पोसाक बितरण गरेको छ ।
गाईजात्रा र हिलेजात्रालाई ब्यवस्थित बनाउन गोरखा नगरपालिका–७ को धारापानीमा रहेको धारापानी–रोहटेपानी साँस्कृतिक परिवारले आफ्नो सदस्यहरुलाई पोसाक बितरण गरेको हो ।
जात्रालाई थप ब्यवस्थित, अनुसाशित र मर्यादित बनाउने उद्वेश्य सहित साँस्कृतिक परिवारमा आबद्व भएका सदस्य परिवारलाई पोसाक बितरण गरिएको सचिव राहुल बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार उक्त पोसाक बितरणकोलागि गोरखा नगरपालिकाले वडा कार्यालय मार्फत उपलब्ध गराएको १ लाख ५० हजार रुपैयाँले दौरासुरुवाल र कोट सिलाएर बितरण गरिएको हो ।
बितरण कार्यक्रममा सहभागी भएका वडाध्यक्ष विण्णु श्रेष्ठले पछिल्लो समय कला, संस्कृती र भाषा लोप हुन लागेकोभन्दै साँस्कृतिक परिवारको आग्रहमा कला, संस्कृती जोगाउन आर्थिक सहयोग उपलब्ध गराएको बताए ।
सहभागिहरुलाई पोसाक बितरण गर्दैै वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि कला, संस्कृती र भाषा जोगाउनकोलागि वडाले सहकार्य र सहयोग उपलब्ध गराउदै जाने बताए ।
अध्यक्ष ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धारापानी र रोहटेपानीका स्थानियहरुको उपस्थिती रहेको थियो ।




