गोरखा । गोरखामा ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय मान्उट आँबुबाट आएको रक्षा बन्धन एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।
विद्यालयको गोरखा शाखामा आज रक्षा बन्धनको अवसरमा आयोजित कार्यक्रममा भारतबाट आएको रक्षा बन्धन सार्वजनिक गरिएको हो ।
रक्षा बन्धनको गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र कुमार जोशी (दिलिप)ले सार्वजनिक गरेको ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय गोरखा शाखाकी सञ्चालिका पबित्राले जानकारी दिईन ।
उनका अनुसार रक्षा बन्धनका अवसरमा विश्व बिद्यालयको केन्द्रिय कार्यालयबाट आएको रक्षा बन्धन बर्षेनी सार्वजनिक गर्ने गरिन्छ ।
वडाध्यक्ष जोशीले रक्षा बन्धनको महत्वका बारेमा प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई शुभ कामना प्रदान गरेका थिए ।
रक्षा बन्धन सार्वजनिक गरे लगत्तै शाखामा उपस्थित सबैलाई सञ्चालिका पबित्राले रक्षा बन्धन बाधिदिएकी थिइन ।
आजैका दिन गोरखा र पालुङटारमा रहेको शाखाबाट ३ हजारभन्दा बढी सर्व साधारणहरुले रक्षा बन्धन गराएको पनि ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय गोरखा शाखाले जनाएको छ ।



























