गोरखा । गोरखा नगरपालिकाले भाेलीलाई सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै साउन २५ गते पर्ने गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो ।
उक्त दिनको सार्वजनिक बिदा गोरखा नगरपालिका भित्रको सम्पूण सामुदायिक/परम्परागत/धार्मिक बिद्यालयहरुमा लागु हुने छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका बरिष्ठ शाखा अधिकृत खड्ग बहादुर रानाद्वारा जारी सूचनामा ‘गोरखा नगरपालिका, गोरखाको नगर प्रमुखस्तरीय निर्णयानुसार २०८२ सालको गाइजात्राको पर्वको अवसरमा यही मिति २०८२–०४–२५ गते आइतबारका दिन यस नगरपालिकाका सम्पूण सामुदायिक/परम्परागत/धार्मिक बिद्यालयहरुमा बिदा दिने निर्णय भएको’ भनिएको छ ।
नेवार समुदायले मनाउने गाईजात्राको अवसरमा स्कुल सञ्चालन गर्दा साना नानिबावुहरुले नरमाइलो मान्ने र चाढपर्व समेत प्रभावित हुनेभन्दै गत बर्ष नेवार समुदायको संघ संस्थाले बिरोध जनाएको थियो ।


