काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे छ ।
सुन बिहीबारकाे तुलनामा तोलामा १ हजार रुपैयाँले बढेसंगै ताेलाकाे १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन ताेलाकाे १ लाख ९८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आज सुन संगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कारोबार भएको थियो ।
नेपाली बजारमा सुनकाे भाउ अहिलेसम्मकै उच्च मूल्य हाे । यसअघि ०८२ वैशाख ९ गते सुनकाे भाउ १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेकाे थियो ।




















