गोरखा । अबिरल बर्षापछी आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ ।
बाढीले खुनग्यु खोला माथीको पुल र नाक्यु खोला माथीको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
अध्यक्ष लामा अनुसार साउन २० गते आएका बाढीले खुनग्यु खोलामाथी बनेको पुल बगाउदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानियलाई समस्या भएको छ ।
लामाले स्थानिय नेन्जिन लामालाई उद्रित गर्दै दुवै गाउँको बिचमा बनाएको पुल साउन २० गते मंगलबार आएको बाढीले बगाएको र सो को जानकारी हिजो मात्र पाएको हो ।
सोही दिन आएको बाढीले लामा गाउँबाट राजेन गुम्बा जाने नाक्यु खोला माथीको पुल बगाएको छ । पुल बगाउदा लामा गाउँबाट लार जाने र आउने सबैलाई समस्या भएको अध्यक्ष लामाले जानकारी दिए ।
पूर्व वडाध्यक्ष पासाङ फुन्जोलाई उद्रित गर्दै अध्यक्ष लामाले उक्त पुल समेत साउन २० गते आएको बाढीले बगाएको बताए ।
बाढीले बगाएको दुवै पुल उत्तर तर्फ जाने मुलबाटोको पुल भएको उनले जानकारी दिए ।
अध्यक्ष लामाले दुवै पुल तत्कालै निर्माण गर्न गाउँपालिकाको विपद् कोषबाट खर्च हुने गरी वडाध्यक्ष टाँसी लामालाई निर्देशन दिएको बताए ।
उक्त स्थानहरुमा पुर्वाधार बिकास कार्यालयबाट पक्की पुलकोलागि ४ बर्ष अगाडी सर्वे भएको भएतापनि अहिलेसम्म पनि प्रार्थमिकता नपरेकोमा भने अध्यक्ष लामाले रोष प्रकट गरे ।



