काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेकाे छ ।
सुन बुधबारकै तुलनामा तोलाकाे १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज सुनकाे भाउ स्थर रहुदा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी बुधबार तोलाको २ हजार ३०५ रुपैयाँ कारोबार भएको थियो ।



