गोरखा । लायन्स आँखा सेवा केन्द्रले १७ जनाकाे माेतियाँ बिन्दुकाे शल्यिक्रिया सम्पन्न गरेकाे छ ।
साउन १९, २० र २१ गते ३ दिनसम्म सञ्चालन गरेको मोतिबिन्दु शल्यक्रिया शिविरमा गोरखा जिल्लाका विभिन्न पालिकाका बिरामीको सफल शल्यक्रिया सम्पन्न हाे ।
तीन दिने अभियानमा गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, बारपाक सुलिकोट, सिरानचोक, शहिद लखन तथा आरुघाट गाउँपालिकाबाट आएका बिरामीहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको प्रशासकीय अधिकृत विश्व प्रकाश अर्याल बताए ।
उनका अनुसार १७ जनाको मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । तीमध्ये १० जना गोरखा नगरपालिकाबाट र ७ जना अन्य पालिकाबाट आएका थिए ।
सहभागीमध्ये ८ जना महिला र ९ जना पुरुष रहेको उनले जानकारी दिए । शल्यक्रिया सेवाबाट लाभान्वित भएका बिरामीहरू सेवा केन्द्रको नियमित स्वास्थ्य परीक्षण कार्यक्रममार्फत पहिचान गरिएका थिए ।
केन्द्रले विभिन्न पालिका, विद्यालय र समुदायस्तरमा पुगेर आँखा परीक्षण गर्दै आएको छ । परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीहरूलाई केन्द्रमा रिफर गरी शल्यक्रिया गरिँदै आएको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले मासिक रुपमा निःशुल्क आँखा शिविर सञ्चालन गरि बिरामीहरुलाई सेवा दिदै आइरहेको छ ।


