प्रतिकात्मक तस्बिर
गोरखा । पालुङटारकाे मर्स्याङदी नदी किनारमा १ जना किशाेरीकाे शव फेला परेकाे छ ।
शव तनहुँ भानु नगरपालिका-९ बस्ने १७ वर्षीया रमा कुमालकाे भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताए ।
कुमालकाे शव हिजाे साेमबार स्थानियले नदी किनारमा तैरिरहेकाे देखेर इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीलाई खबर गरेका थिए ।
३:५० बजे घटना स्थल पुगेकाे प्रहरीकाे टाेलीले शव कुमालकाे भएकाे पुष्टी गरेकाे थियाे । उनकाे शव पाेष्टमार्टमकाेलागि तनहुँकाे दमाैली अस्पतालमा पठाइकाे छ ।
उनकाे आज पाेष्टमार्टम गरी कानूनी प्रकृया पुरा गरेर मात्र परिवारकाे जिम्मा लगाउने तयारी भएकाे सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
घटनाकाे अनुसन्धान सुरु गरिएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।


