काठमाडौं । नेपाली बजारमा साता तेस्रो दिन मंगलबार सुन र चाँदी दुवैको भाउ बढेको छ ।
सुन सोमबारको तुलनामा तोलामा १ हजार ९०० रुपैयाँले बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुनको भाउ तोलाको १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आजै चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर तोलाको २ हजार २८० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी आइतबार तोलाको २ हजार २५५ रुपैयाँ कारोबार भएको थियो ।
नेपाली बजारमा सुनकाे भाउ अहिलेसम्मकै उच्च मूल्य हाे । यसअघि ०८२ वैशाख ९ गते सुनकाे भाउ १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेकाे थियो ।



