काठमाडौं । नेपाली बजारमा साता दाेस्राे दिन साेमबार सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन आइतबारकाे तुलनामा ताेलामा १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे आइतबार सुनकाे भाउ ताेलाकाे १ लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आजै चाँदीकाे भाउ ताेलामा ५ रुपैयाँले बढेर ताेलाकाे २ हजार २५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी आइतबार ताेलाकाे २ हजार २५० रुपैयाँ काराेबार भएकाे थियाे ।



