प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा खेतमा कुलो लगाउने बिषयमा भएको विवादमा आफ्नै सहोदर भाइलाई दाजुले तरबार प्रहार गरेका छन् ।
गोरखा नगरपालिका–३ को घलाङको रातमाटेका बावु काजी बस्नेतले आफ्नै भाइ खोप बहादुर बस्नेतलाई तरबार प्रहार गरेर गंभिर घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले बताए ।
साउन १६ गते शुक्रबार राती १०ः१० बजे भएको उक्त घटना दाइले प्रहार गरेको तरबार छेक्ने क्रममा हातको पाखुरा तथा शरिरको विभिन्न भागमा चोट लागेको छ ।
घाईते खोप बहादुरको शुक्रबार राती नै चितवनमा उपचार हुन नसकेपछी थप उपचारकोलागि राजधानी लगिएको छ ।
घटना बावु काजी नयाँ साँघुमा रहेको प्रहरी चौकीमा पुगेर आत्मसर्मपण गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याएर आइतबार ज्यान मार्ने उद्योगमा मुद्वा दर्ता गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको सूचना अधिकारी शर्माले जानकारी दिए ।




















