गोरखा । गएको आर्थिक बर्षमा राम्रो काम गरेकोभन्दै जिल्ला भित्रका ४ वटा सामुदायिक बन सम्मानित भएका छन् ।
सम्मानित हुनेमा पालुङटार नगरपालिका–९ को कुसुण्डे ईमडाँडा, भिमसेन थापा गाउँपालिका–४ को कालिका, अजिरकोट गाउँपालिका–१ को कामधेनु र गोरखा नगरपालिका–२ को शिखर गँगटे सामुदायिक बन उपभोत्ता समूह रहेका छन् ।
उनीहरु क्रमश.प्रथम, द्वितिय, तितृय र सान्वना भएका थिए ।
उनीहरुलाई डिभिजन बन कार्यालय गोरखाले एक कार्यक्रम बिच सम्मान सहित प्रमात्र–पत्र र नगद सहित सम्मान गरिएको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत तथा सूचना अधिकारी सागर खत्रिवडाले बताए ।
‘कार्यालयको बार्षिक कार्य योजना अन्तरर्गत राम्रो काम गर्ने सामुदायिक बनलाई सम्मान गरिएको हो’ उनले भने ‘हामीले चार भिन्न सुचकमा आउनेलाई सम्मान गर्दै आएका छौ ।’
कार्यालयले सम्मानित हुने सामुदायिक बनको उचित संरक्षण, संबद्र्वन, सदुपयोग र ब्यवस्थापनको कामलाई मुल्यांकन गरेर सम्मानित गरेको सूचना अधिकारी खत्रिवडाले जानकारी दिए ।
कार्यालयले आयोजना गरेको बार्षिक सहिति, पुरस्कार वितरण तथा सार्वजनिक सुनुवार्य कार्यक्रममा उक्त समूहलाई आव ०८१–०८२ मा राम्रो काम गरेको भन्दै सम्मान गरिएको डिभिजन बन कार्यालयले जनाएको छ ।
सम्मानित हुने सामुदायिक बनहरुले क्रमश. ८, ५, ३ र २ हजार नगदका साथै सम्मान र प्रमाण पत्र पाएका छन् ।
सम्मानित हुने सबैलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी मोहन बहादुर थापा मगरले सम्मान सहित प्रमाण पत्र र नगद प्रदान गरेका थिए ।
तस्बिर : डिभिजन बन कार्यालय, गाेरखा


