काठमाडौं । साता छैठाैं दिनमा नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
सुनकाे भाउ बिहीबारकाे तुलनामा शुक्रबार ताेलामा ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार सुनकाे भाउ ताेलाकाे १ लाख ९३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आजै चाँदीकाे भाउ ताेलामा ३५ रुपैयाँले घटेर ताेलाकाे २ हजार २३५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी बिहीबार ताेलाकाे २ हजार २७० रुपैयाँ काराेबार भएकाे थियाे ।



