गोरखा । २०९औं अमरसिंह थापाको स्मृतीमा आज देशैभर विभिन्न कार्यक्रमकाे आयाेजना गरिएकाे छ । उनकै स्मृतीमा आज गाेरखाकाे सिरानचोक गाउँपालिकाले भोली सार्वजनिक बिदा दिएको छ ।
पालिकाले २०९औं अमरसिंह थापाको स्मृतीमा पालिका भित्र सार्वजनिक बिदा दिएको अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
उनका अनुसार गोरखा राज्य बिस्तार र नेपाल एकिकरणमा अतुलनिय योगदान पुर्याएका राष्ट्रिय विभूती थापाको स्मृतीमा आज शुक्रबार पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
थापाको संझनामा सिरानचोक गाउँपालिका–६ को गाँखु स्थित अमरसिंह पार्कमा आज विभिन्न कार्यक्रम गरी समृती दिवस मनाइने तयारी भइरहेकाे छ ।
त्यसैगरी, आजै अमरसिंह थापाको स्मृतीमा उनले समाधी लिएको स्थल रसुवाको गोसाइँकुण्ड, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–३ को मुर्चोक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ साथै बागलुङको गल्कोट नगरपालिका–७ मल्म, पर्वतको फलेवास नगरपालिका–२, झापाको दमक नगरपालिका, धनुषाको जनकपुर उप महानगरपालिकाको राम मन्दिर र डडेलधुराको अमर गढीमा समेत कार्यक्रम राखिएकाे छ ।
उता धादिङको थाक्रे गाउँपालिका–६ को केवलपुर, धादिङको थाक्रे गाउँ पालिका–६, डोटीको बडी मालिका मन्दिर, पाँचथरको तुम्वेवा गाउँपालिका–३, गोरखाकै सिरानचोक गाउँपालिका–३ को हर्मी, संघिय राजधानीको त्रिदेवी मन्दिर ठमेल र पोखराको अमरसिंह चोकमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको मरसिंह सर्किट पर्यटन मेची –महाकाली महाअभियानमा परिकल्पनाकार तथा राष्ट्रिय संयोजक राम थापाले जानकारी दिए ।


