गोरखा । गोरखा सदरमुकाममा हिजो साँझपख मोटरसाइकल ठक्कर दिएका ब्यत्तीको अवेर राती ज्यान गएको छ ।
ज्यान गुमाउनेमा गोरखा नगरपालिका–१० बिरेनचोकका ७० बर्षिय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले बताए ।
उनका अनुसार हिजो बुधबार आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउदै गरेको लु ६१ प ४६८५ नम्बरको मोटरसाइकलले ४ बजेको समयमा थापालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गंभिर घाईते भएका उनको चितवनको मनकामना अस्पतालमा उपचारको क्रममा राती ११ बजे ज्यान गएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
घटना लगत्तै मोटरसाइकल र त्यसका चालक जिल्ला नवलपुर, मध्यबिन्दु नगरपालिका–१ बस्ने बर्ष २९ को साजन जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।


