काठमाडौं । साता दिनमा हिजाे बुधबार नेपाली बजारमा बढेकाे सुनकाे भाउ आज भने घटेकाे छ ।
सुनकाे भाउ आज ताेलामा ८०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार सुनकाे भाउ ताेलाकाे १ लाख ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आजै चाँदीकाे भाउ ताेलामा ४० रुपैयाँले घटेर ताेलाकाे २ हजार २७० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी मंगलबार ताेलाकाे २ हजार ३१० रुपैयाँ काराेबार भएकाे थियाे ।



