काठमाडौं । नेपाली बजारमा झण्डै साता दिनसम्म ओरालाे लागेकाे सुनकाे भाउ आज भने बढेकाे छ ।
सुनकाे भाउ एकै दिनमा ताेलामा १ हजार ४०० रुपैयाँले घटेर १ लाख ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मगलबार सुनकाे भाउ ताेलाकाे १ लाख ९३ हजारमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आजै चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे २ हजार ३१० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी मंगलबार ताेलाकाे २ हजार ३०० रुपैयाँ काराेबार भएकाे थियाे ।



