काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ ।
सुनकाे भाउ ताेलामा ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनकाे भाउ घटेपनि आज चाँदीकाे भाउ ५ रुपैयाँले बढेर ताेलाकाे २ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ । चाँदी साेमबार ताेलाकाे २ हजार २९५ रुपैयाँ काराेबार भएकाे थियाे ।



